विभिन्न क्षेत्रमा छरिएर रहेका साना तथा ठूला पुँजीलाई एकीकृत गर्ने तथा उक्त पुँजीलाई आफ्ना सदस्यहरुको जीवनस्तर माथि उठाउनका निमित्त उद्योग तथा व्यवसाय वा अन्य रोजगारमूलक कार्य सञ्चालन गर्न सहयोग पुर्याउने उद्देश्यले नेपाल सरकार सहकारी ऐन, २०४८ अन्तर्गत यस संस्थाको स्थापना गरिएको छ । न्यून आय भएका वर्गहरुको आयस्रोत समेतलाई मध्यनजर गरी छरिएर रहेको निश्क्रिय पुँजीहरुलाई सङ्कलन गरी आयमूलक कार्यमा लगानी गर्ने वातावरण सिर्जना गर्नुका अतिरिक्त स-साना बचतलाई परिचालन गरी वित्तीय सेवा प्रदान गरी आयवृद्धि गर्न सकिने खालको वातावरण सृजना गरी देशको औद्योगिक विकास समेतलाई टेवा पुर्याउन यो संस्था कटिबद्ध छ ।